फाेहोर नउठाउने बालेन साहविरुद्ध परेको रिटको सुनवाई आज

डिसी नेपाल
५ वैशाख २०८० ८:४७
464
Shares

काठमाडौँ। काठमाडौं महानगरपालिका मेयर बालेन साहविरुद्धको रिटमा आज सुनुवाइ हुनेछ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाई हुन लागेको हो।

अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दैै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र बिसर्जन गर्नु पर्नेलगायतका माग गर्दैै सोमवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोही रिटमा आज सुनवाई हुन लागेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *