प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालन

डिसी नेपाल
५ वैशाख २०८० २०:४८
124
Shares

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ।

मन्त्रिपरिषद् बैठकका निर्णय र सरकारका घोषणा सार्वजनिक गर्दा सञ्चारकर्मीलाई समाचार सङ्कलन सहज र व्यवस्थित गर्न तयार गरिएको मिडिया सेन्टरबाट आज बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सेन्टरको सुरुआत गरिन्।

प्रवक्ता शर्माले बैठक कक्षसँगै रहेको स्टुडियोबाट मिडिया सेन्टरमा रहेका सञ्चारकर्मीसँग प्रत्यक्ष दोहोरो संवाद गरेकी थिइन्। मिडिया सेन्टरमा सञ्चारकर्मी तथा पत्रकारसँग प्रधानमन्त्री कार्यालयमा रहेको स्टुडियोबाट दोहोरो संवादको व्यवस्था मिलाइएको छ भने सञ्चारकर्मीले भिडियो सामग्री तत्काल उपलब्ध हुने भएको छ।

त्यसैगरी प्रधानमन्त्री निवास बालुवाटारमा पनि यसअघि नै सञ्चारकर्मीको सुविधाका लागि मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *