प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ संभावित कार्यसूची
काठमाडौं। संघीय संसद् अन्तरगतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बस्दैछ।
संघीय संसद सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक, २०७७ सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
राष्ट्रियसभा बैठक भने अनिश्चित छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस जाने भएकाले बैठक अनिश्चित कालका लागि स्थगित भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment