आँखा सुन्निने र रातो हुन्छ ? जान्नुहोस् कारण र घरेलु उपाय

डिसी नेपाल
८ वैशाख २०८० ११:१६

काठमाडौं । आँखा शरीरको धेरै नाजुक र महत्त्वपूर्ण अंग हो। यिनीहरूको उचित हेरचाहले आँखाको ज्योति राम्रो बनाउन र लामो समयसम्म आँखा स्वस्थ राख्न मद्दत गर्छ। त्यसैले आँखाको हरेक अंगसँग सम्बन्धित समस्यामा ध्यान दिनु आवश्यक हुन्छ । कहिलेकाहीँ संक्रमणले गम्भीर रूप लिन सक्छ र आँखामा स्थायी क्षति पुर्‍याउन सक्छ।

आँखाको एक यस्तो भाग परेला हो। यो भागले आँखालाई जोगाउन कभर वा पर्दाको रूपमा काम गर्छ। बाहिरी धुलो, धुवाँ, फोहोर र हानिकारक कणलाई आँखामा पस्नबाट रोक्न यसको भूमिका महत्वपूर्ण हुन्छ । कहिलेकाहीँ यो भागमा सुन्निने, रातो रातो दान आउने, पिम्पल वा अन्य समस्याहरू देखा पर्छन्। समयमै र सही तरिकाले यी समस्याहरूको निदान र उपचार गर्न आवश्यक छ। हेरचाह कसरी गर्ने र कुन कुराहरू दिमागमा राख्ने भन्ने बारे जान्नुहोस्।

आँखा वरपरको छालामा धेरै नरम तन्तुहरू हुन्छन्। जब कुनै कारणले यी तन्तुहरूमा तरल पदार्थ भरिन्छ, यो भाग फुल्छ। यसले कहिलेकाहीं चिलाउने, दुखाइ हुने पोल्ने पनि हुने गर्दछ। यो अवस्था धेरै समस्याहरूको संकेत हुन सक्छ।

जस्तैः– कुनै पनि एलर्जी, ब्लेफेराइटिस भएमा, आँखामा आनो आउदा, घाउ खटिरा आएमा, परेलाहरूमा तेल ग्रन्थिमा अवरोध भएमा, आँखाको छालामा पिम्पलहरू आएमा, आँखा वरिपरि संक्रमण भएमा पनि यस्तो संकेत देखिने गर्दछ । यसका साथै कुनै पनि थाइरोइड विकार भएमा पनि यस्तो हुने गर्दछ।

राहत दिन सक्ने घरेलु उपचारः

सफा सुतीको भिजेको कपडा दिनको दुई पटक आँखामा १०–१५ मिनेटसम्म राख्नुहोस्। यसले आँखा वरपरका ग्रन्थीहरूमा जम्मा भएको अतिरिक्त तेललाई हटाउन र परेलाहरूमा जम्मा भएको फ्लेक्स हटाउन मद्दत गर्नेछ।

इन्फेक्सन होस् वा पिम्पल होस्, आफ्नो आँखालाई कहिल्यै रगड्नु हुँदैन। यसको सट्टा सफा र नरम सुती कपडा, रुमाल वा कपासले धेरै हल्का हातले आँखा सफा गर्नुहोस्। चिकित्सकको सल्लाहमा सफा र मनतातो पानी वा एन्टिसेप्टिक प्रयोग गर्न सकिन्छ। तर यसलाई आँखा भित्र पस्न नदिनुहोस्।

संक्रमण वा आनो वा सुन्निे समस्या आँखामा भएमा यसको दुखाई कम गर्ने प्रयास गर्नुहोस्। मोबाइल, किताब, टिभी, ल्यापटप आदिको प्रयोग कम गर्ने र सम्भव भए आँखा बन्द गरेर सुत्ने ।

मेकअप, कन्ट्याक्ट लेन्स वा आँखाका अन्य सामानहरू प्रयोग नगर्नुहोस्।

आँखा सुख्खा हुने समस्या छ भने उपाय अपनाउनुहोस् ।

एक–दुई दिनमा सुन्निने, आँखामा पानी आउने, जलन हुने वा चिलाउने जस्ता समस्या भएमा चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *