फ्लाइ दुबईको जहाजमा यसरी आकाशमै आगो देखिएको थियो (भिडियोसहित)

डिसी नेपाल
११ वैशाख २०८० २२:३३

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको देब्रे इन्जिन फेल भएपछि आकाशमै आगलागी भएको छ।

१६२ जना यात्रु बोकेको फ्लाई दुबईको विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी भएको थियो।

राति ९ बजेर २१ मिनेटमा उडेको केहिबेरमै इञ्जिन फेल भएपछि अवतरण गर्ने प्रयास समेत भएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानका पाइलटले देब्रे भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका छन्। तर, उनले उडानलाई निरन्तरता दिने बताएका छन्।

फ्लाइट नम्बर एफजेट ५७६ सो विमानमा सुरुमा इन्जिनमा समस्या आएको बताएपछि काठमाडौंं डाइभर्ट गरिएको र अहिले दुबईतर्फ फर्किएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।

जहाज भैरहवाबाट पार भइसकेको छ ।

 

भिडियो

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *