तनहुँ-१ र चितवन-२ मा शानदार मतले विजयी रास्वपा बारा-२ मा चौथो स्थानमा संघर्षरत

डिसी नेपाल
१२ वैशाख २०८० १३:२९

बारा। तनहुँ-१ र चितवन-२ मा शानदार मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी बारा-२ मा भने चौथो स्थानमा छ। तनहुँमा डा. स्वर्णिम वाग्ले १४ हजार ७९७ मतको मतान्तर र सभापति रवि लामिछाने ४४ हजार ६२ मतको फराकिलो मतान्तरले विजयी भइसकेका छन्।

तर, बारा २ मा रास्वपा उम्मेदवार रमेश खरेल यो समाचार तयार पार्दासम्म एक हजार आठ सय ८३ मतले चौथो स्थानमा छन्। उनीभन्दा अगाडि जसपा अध्यक्ष उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुश्ववाहा दोस्रो र एमालेका पुरुषोत्तम पौडेल तेस्रो स्थानमा छन्।

खरेलले कोल्हबी नगरपालिकाको ८ नम्बर वडामा अन्य दलका उम्मेदवारभन्दा बढी मत प्राप्त गर्दा करैयामाई र सुवर्ण गाउँपालिकाको वडामा प्रतिस्पर्धात्मक मत पाएनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *