गण्डकी प्रदेशमा नयाँ सरकार गठनको आह्वान

डिसी नेपाल
१२ वैशाख २०८० १३:५४
384
Shares

पोखरा। गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि मंगलबार तीन दिनको समय दिएर आह्वान गरेका हुन्।

मुख्यमन्त्री खगराज अधिकारीले ९ वैशाखमा सदनबाट विश्वासको मत पाउन नसकेपछि मंगलबार प्रदेश प्रमुख गुरुङ नयाँ सरकार गठनका लागि १४ वैशाख अपरान्ह ४ बजेसम्मको समय दिएका छन्।

प्रदेश प्रमुख गुरुङले नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन्। उक्त आह्वानअनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने व्यक्तिलाई मुख्यमन्त्रीमा दाबी गर्न सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *