चीनका रक्षामन्त्री एससीओ बैठकमा सहभागी हुन भारत आउने

डिसी नेपाल
१२ वैशाख २०८० १४:०४
72
Shares

काठमाडौं। चीनका रक्षामन्त्री ली जिङफु सांघाई सहयोग संगठन (एससीओ) बैठकमा सहभागी हुन भारत आउने भएका छन् ।

यो बैठक गोवामा हुनेछ । चीनको आधिकारिक मिडिया ‘ग्लोबल टाइम्स’ले चिनियाँ रक्षा मन्त्रालयलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

ली जिङफु बाहेक रुसी रक्षामन्त्री सर्गेई शोइगु पनि भारत आउने खबर छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले एससीओ रक्षा मन्त्रीहरूको बैठकको अध्यक्षता गर्नेछन्।

गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीचको झडपपछि एलएसीमा बढेको तनाव कम गर्ने प्रयास भइरहेका बेला चिनियाँ रक्षामन्त्रीको भ्रमण हुन लागेको हो ।

एलएसीमा शान्ति स्थापनाका लागि आइतबार दुई देशका सैनिक कमाण्डरबीच १८औँ चरणको वार्ता भएको थियो । भेटपछि दुवै देशले जारी गरेको विज्ञप्तिमा वार्ता निकै खुला र विस्तृत भएको बताइएको छ ।

यसले दुई देशबीचको सम्बन्धलाई थप सुधार गर्न मद्दत गर्नेछ। अझै पनि एलएसी मा भारत र चीनका ६० हजारभन्दा बढी सैनिक तैनाथ छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *