नेपाललाई विदेशीको खेल मैदान बनाउने षड्यन्त्र हुँदैछः धर्मेन्द्र बास्तोला

डिसी नेपाल
१३ वैशाख २०८० १६:४५
108
Shares

काठमाडौं। नेकपा (बहुमत) संयोजक धर्मेन्द्र बास्तोलाले पछिल्लो समय नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदान बनाउने षड्यन्त्र सतहमा आएको बताएका छन्।

बुधबार काठमाडौंमा प्रगतिशिल लेखक तथा साहित्यकार खेम थपलियाको नाट्य कृति ‘कमरेड फिप्टी पर्सेन्ट’ को विमोचन गर्दै बास्तोलाले शक्ति केन्द्रहरु एमसीसी र एसपीपीलाई लागु गरेर नेपाललाई विदेशीको खेल मैदान बनाउन लागेको आरोप लगाए।

उनले सत्ता र प्रतिपक्षमा रहेका पार्टी र नेताहरु फेल भएको संकेत उपचुनावको परिणामले गरेको धारणा राखे। उनले अहिलेको संसदीय प्रणालीले अराजकता र निरंकुशता देखिएको र जनतामा बितृष्णा पैदा भएको उल्लेख गरे।

लेखक थपलियाले चरम व्यक्तिवाद हावी भएर समाज र युवा पंक्तिलाई रक्षानमा पुर्‍याउन लागेको भन्दै आफूले इमान्दार भएर त्यसविरुद्ध कलम चलाएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *