आर्सनलको पोष्टमा सिटीको गोलको बर्षा, उपाधिका लागि सानदार दाबेदारी
काठमाडौं। इंग्लिस प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बन्न पुगेको छ। दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले शीर्षस्थानको आर्सनलमाथि सानदार जित दर्ता गरे पछि उपाधी होड रोमाञ्चक बन्न पुगेको हो।
सिटीले घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा आर्सनलमाथि ४-१ को जीत निकाल्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ। आर्सनललाई हराएको सिटीले अब खेल्न बाँकी रहेकाे दुई खेलमा यदी बिजयी भएमा ४ अंकले अघि बढने छ।
बुधबार राति भएकाे खेलकाे सातौं मिनेटमा केभिन डि ब्रुएनाले सुरुवात गोल हानेर खेललाई १-० को अघि बढाए। पहिलो हाफको इन्ज्युरी समयमा जोन स्टोन्स थप अर्को गोल गर्दै सिटीको अग्रता दोब्बर पारिदिए।
आर्सनलको पोष्ट गोल हान्ने क्रम अझै रोकिएन। दोस्रो हाफको ५४औं मिनेटमा ब्रुएनाले व्यक्तिगत दोस्रो तथा टोलीकालागि तेस्रो गोल गरेपछि सिटी ३-० को अन्तरले उपाधि होडतर्फ लम्काइदिए।
तर, ८६औं मिनेटमा आर्सनलका रोब होल्डिङले गोल गर्दै खेललाई ३-१ को स्थितिमा ल्याइ दिए। घरेलु मैदानमा सिटी रोकिने पक्षमा भने देखिएको थिएन, उसले दोस्रो हाफको इन्ज्युरी समयमा पनि गाेल हानिदियाे। हालान्डले फिल फोडेनको पासमा अन्तिम गाेल गरे।
अन्ततः सिटीले ४-१ को सानदार जितसहित उपाधी होडमा आफुलाई अब्बल सावित गरिदियो। यस खेलसँगै आर्सनल र सिटीको अंक दुई मात्रै फरक परेको छ। शीर्षस्थानमा रहेको आर्सनलको ३३ खेलबाट ७५ अंक छ भने सिटीले ३१ खेलबाट ७३ अंक बटुलेको छ। बाँकी रहेका दुबै खेलमा जीत हासिल गरे सिटीले आर्सनललाई ४ अंकले पछि पार्नेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment