प्रतिनिधिसभा बैठकः संबैधानिक परिषद सम्बन्धी विधेयकमा कार्यसूची मै अटेन
काठमाडौं। संबैधानिक परिषद सबन्धी बिद्येयकमाथी आज पनि छलफल नहुने भएको छ। प्रतिनिधिसभाको सम्भावित कार्यसुचीमा आज पनि सो बिद्येयक समावेश नभए पछि छलफल नहुने भएको हो।
यसअघिको बैठकमा सो विधेयक माथि छलफल गर्ने भनेर सम्भावित कार्य सूचीमा समावेश गरिएपनि अन्तिम समयमा हटाइएको थियो। अघिल्लो बैठकमा कार्यसूचीबाट हटाइएको सो विधेयक आज आउने अपेक्षा गरिएको थियो।
सो विधेयक पारित हुन नसक्दा सर्वोच्च अदालतमा प्रधानन्यायधीश नियुक्त हुने बाटो खुल्न अझै सकेको छैन। कायममुकायम प्रधानन्यायधीशबाट चल्दै आएको न्यायलयलाई नेतृत्वविहीन अवस्थाबाट मुक्त गराउनका लागि सो विधेयक पारित हुनु अनिवार्य छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संबैधानिक परिषदका अध्यक्ष (प्रधानमन्त्री) लाई बिशेषाधिकारीसहितको सर्त राखेर विधेयकको प्रस्ताव गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने आपत्ति जनाएको छ। जसका कारण सो बिद्येयक संसदमा पेश हुन सकिरहेको छैन।
तर, आजको बैठकमा संघीय संसद अन्तर्गतका संयुक्त तथा प्रतिनिधिसभा अन्तर्गतको बिषयगत समितिका सदस्यहरुको नाम भने मनोनयन हुने भएको छ। आज संसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा संसदीय समितिमा सदस्य मनोनयन मात्रै हुने उल्लेख छ।








डिसी नेपाल







Facebook Comment