लुम्बिनीका मुख्यमन्त्रीको आज सपथ ग्रहण, मन्त्रीहरुको अझै छैन टुंगो
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनियताको सपथ लिँदैछन्।
नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन्। प्रदेश प्रमुखको कार्यालय, बुटवलमा अपरान्ह १ बजे पद तथा गोपनियताका सपथ हुनेछ।
नेपालकाे संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। तर, मुख्यमन्त्री चौधरीसँग मन्त्रीहरुले सपथ लिन्छन कि लिन्नन भन्ने अझै टुंगो भने लागेको छैन।
यद्यपि, मुख्यमन्त्री चाैधरीले मन्त्रीहरुका आंकक्षी आफनै पार्टी नेपाली कांग्रेसका सांसद तथा सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरुसँग भने छलफल गरिरहेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment