महाविर पुन आजदेखि आन्दोलनमा, अविष्कार कोष स्थापना गर्नुपर्ने मुख्य माग

डिसी नेपाल
१५ वैशाख २०८० ८:५६
172
Shares

काठमाडौँ। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन आजबाट आन्दोलनमा उत्रेका छन्।

शुक्रबारदेखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रने घोषणा गरे अनुसार आज माइतीघर मण्डलामा प्रदर्शन गर्नेछन्।

आविष्कार केन्द्रका प्रमुख पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका माग राखेर उनी आन्दोलनमा उत्रेका हुन्।

गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाए पछि आक्रोशित पुनः आन्दोलनमा होम्मिएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *