अयोग्य लडाकुलाई पैसा बाँड्ने तयारीको विरोधमा अर्थमन्त्रीलाई युवा संघको ज्ञापनपत्र
काठमाडौं। नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघ नेपालले अयोग्य लडाकुलाई सरकारले पैसा बाँडेको कार्य विधि बनाएको विरोधमा अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ज्ञापनापत्र बुझाएको छ।

शुक्रबार युवा संघ अध्यक्ष क्षितिज थेबे नेतृत्वको टोलीले अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको तयारीको विरोध गर्दै ज्ञापनपत्र बुझाएको युवा संघका नेता निरोज पौडेलले जानकारी दिए।

‘सशस्त्र द्वन्द्वका अयोग्य लडाकुहरुलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७९’ विरुद्ध युवा संघ नेपालले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो,’ नेता पौडेलले भने।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment