आजदेखि संसद अधिवेशन अन्त्य गरिने

डिसी नेपाल
१५ वैशाख २०८० १३:४१

काठमाडौं। संसदको हिउँदे अधिवेशन आजदेखि अन्त्य हुने भएको छ। आज मध्यरातिदेखि संसद अधिवेशन अन्त्य गरिने तय भएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

सरकारको सिफरिसमा राष्ट्रपतिले संसदको अधिवेशन अन्त्य गर्ने संवैधानिक प्रावधान छ।

सरकारको नीति तथा कार्यक्रम, प्रिबजेट र १५ जेठका बजेट ल्याउनु पर्ने भएकाले संसदको हिउँदे अधिवेशन अन्त्य गर्न लागिएको हो। केही दिनभित्र संसदका बर्षे अधिवेशन आह्वान गर्ने सरकारको तयारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *