पूर्वराजपरिवारका सदस्यले सामाजिक सञ्जाल सञ्चालन नगरेको संवाद सचिवालयको प्रष्टोक्ति

डिसी नेपाल
१५ वैशाख २०८० १४:३२

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरेको उनको संवाद सचिवालयले जनाएको छ ।

शुक्रबार सचिवालयले सूचना जारी गरेर पूर्वराजा शाह, उनकी पत्नी पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरेको स्पष्ट पारेको हो ।

यसअघि २३ मंसिर २०७८ मा पनि सचिवालयले पूर्वराजा शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानीले सामाजिक सञ्जाल सञ्चालन नगरेको जानकारी गराइसकेको स्मरण गराएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाहको सामाजिक सञ्जालमार्फत आफूमाथि टिकाटिप्पणी गरिएको आक्षेप लगाएपछि संवाद सचिवालयले विज्ञप्तिमार्फत पूर्वराजपरिवारका सदस्यले सामाजिक सञ्जाल सञ्चालन नगरेको स्पष्टिकरण दिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *