प्रतिनिधिसभाले गठन गर्‍यो संसदीय विषयगत समिति

डिसी नेपाल
१५ वैशाख २०८० १७:१८
76
Shares

काठमाडौं । प्रतिनिधिसभाले विभिन्न विषयगत समिति गठन गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरुको नाम संसदमा प्रस्तुत गरेका हुन् ।

प्रतिनिधिसभा नियमावलीअनुसार प्रतिनिधिसभामा १० वटा विषयगत समिति रहेका छन् ।  जसअनुसार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यव्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति रहेका छन् ।

उक्त समिति सदस्यहरुको नामलाई प्रतिनिधिसभा बैठकले अनुमोदन गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *