एकनाथ ढकाल प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा
काठमाडौं । सांसद एकनाथ ढकाल प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा मनोनोयन भएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७३ बमोजिम विभिन्न १० विषयगत समितिमा रहने सांसदहरुको नाम सभाको स्वीकृतिको लागि पेश गर्दा ढकालको नाम अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा राखिएको हो।
समितिमा पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र माधव कुमार नेपाल तथा पूर्व परराष्ट्र मन्त्री समेत रहेका पशुपति शमशेर जबरा र नारायण खड्का लगायत विभिन्न पार्टीका २७ जना सांसदहरु मनोनोयन भएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment