देव गुरुङको चुनावी खर्च २४ लाख ५२ हजार २ सय रुपैयाँ
लमजुङ। मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा लमजुङका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा माओवादी केन्द्र महासचिव देवप्रसाद गुरुङले चुनावी खर्च सार्वजनिक गरेका छन्।
उनका प्रतिनिधि हरिजंग तामाङले निर्वाचन कार्यालयमा बुझाएको निर्वाचन खर्च विवरण अनुसार चुनावमा २४ लाख ५२ हजार २ सय २५ रुपैयाँ खर्च भएको छ। खर्च विवरण अनुसार सवैभन्दा बढी प्रतिनिधि परिचालनमा ८ लाख रुपैयाँ खर्च भएको जनाइएको छ।
यसैगरी, मतदाना नामावली खरिदमा ३ हजार, प्रचारप्रसार सामाग्री ३ लाख ३९ हजार ३ सय ५०, गोष्ठी अन्तरक्रिया ८ स्थानमा १ लाख ५० हजार, सवारी साधन २ वटाको ३ लाख खर्च भएकाे छ भने ढुवानी खर्च १ लाख, कार्यालय सञ्चालन ३ लाख ३६ हजार ४ सय, इन्धन डिजेल पोट्रोल ३ लाख ३३ हजार ४ सय ७५ र प्रचारप्रसार एवं प्रतिनिधि परिचालनमा १ लाख रुपैयाँ खर्च भएको जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment