दुबईका शासक शेख मोहम्मदले आफ्ना दुई छोरालाई दुबईको उप-शासक नियुक्त गरे

डिसी नेपाल
१६ वैशाख २०८० १०:१८
236
Shares

काठमाडौं । दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतूमले शुक्रबार आफ्ना दुई छोरालाई इमिरेट्सको डेपुटी गभर्नरमा नियुक्त गरेको घोषणा गरेका छन् ।

दुबई मिडिया अफिसले गरेको ट्विटमा मकतूम बिन मोहम्मदलाई दुबईको पहिलो उपशासक बनाइएको छ भने अहमद बिन मोहम्मदलाई दोस्रो उपशासक बनाइएको छ ।

ट्वीटका अनुसार, “युएईका उपराष्ट्रपति र प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल-मकतूमले दुबईको शासकको रूपमा, शेख मकतूम बिन मोहम्मद बिन रशीद अल मकतूमलाई पहिलो उप-शासकको रूपमा नियुक्त गर्दै २०२३ को डिक्री नम्बर २१ जारी गरेका छन्। र दुबईको दोस्रो उप-शासकको रूपमा शेख अहमद बिन मोहम्मद बिन रसिद अल मकतूमलाई नियुक्त गरेका छन् ।

संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्रीसँगै अर्थमन्त्रीको जिम्मेवारी पनि मकतूम बिन मोहम्मदले सम्हालिरहेका छन् । उनका भाइ अहमद बिन मोहम्मद दुबई मिडिया काउन्सिलका अध्यक्ष छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *