‘बाइजु’का प्रमुख कार्यकारी अधिकृतको निवास र कार्यालयमा प्रवर्तन निर्देशनालयको छापा
काठमाडौं । प्रवर्तन निर्देशनालयले शनिबार एजुटेक कम्पनी बाइजुका सीईओ रविन्द्रन बाइजुको बैंग्लोरस्थित कार्यालय र आवासीय परिसरमा छापा मारेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार यस अवधिमा विदेशी विनिमय व्यवस्थापन ऐन अर्थात् फेमाको उल्लङ्घनसँग सम्बन्धित धेरै आपत्तिजनक कागजात र डिजिटल डाटा बरामद गरिएको छ।
फेला परेको कागजपत्रका आधारमा निर्देशनालयले विगत १२ वर्षमा बाइजुमा करिब २८ हजार करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी आएको दाबी गरेको छ ।
संस्थाले यस अवधिमा विदेशमा लगानीको नाममा ९ हजार ७ सय ५४ करोड रुपैयाँ पनि पठाएको संस्थाले जनाएको छ ।
ईडीद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि फेमाको प्रावधान अन्तर्गत बाइजुको दुई कार्यालय र एक आवासीय कम्प्लेक्समा खोजी गरिएको छ।
ईडीले कम्पनी विरुद्ध मानिसहरुबाट धेरै गुनासो आएको बताएको छ।
निर्देशनालयले रवीन्द्रन बाइजुलाई पटकपटक समन पठाए पनि उनी ईडीसमक्ष उपस्थित नभएको दाबी गरेको छ ।







डिसी नेपाल







Facebook Comment