कोरोनाबाट थप एक जनाको मृत्यु

डिसी नेपाल
१६ वैशाख २०८० १७:५९
116
Shares

काठमाडौं। कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार २३८ नमुना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २०५ र एन्टीजेनबाट १ हजार ३३ नमुना परीक्षण गर्दा पीसीआरबाट २२ र एन्टिजेनबाट २९ को रिपोर्ट पोजिटिभ आएको हो।

यस अवधिमा ३५ जना संक्रमित निको भएका छन् भने सक्रिय कोरोना संक्रमितको संख्या ३६१ पुगेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *