आफ्नो कार्यक्रम बिथोल्नेलाई राज्यले नै संरक्षण गरेको ओलीको आरोप

डिसी नेपाल
१७ वैशाख २०८० १७:००

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वमा आफ्नो कार्यक्रम बिथोल्न खोज्नेहरुलाई राज्यले नै संरक्षण गरेको बताएका छन्।

अखिल नेपाल किसान महासंघको ७३ औं स्थापना दिवसका अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा ओलीले केहि व्यक्तिले आफु सहभागी कार्यक्रम रोक्ने प्रयास सत्ता गठबन्धनकै कार्यकर्ताबाट भएको र उक्त गतिविधि गर्नेलाई राज्यले नै संरक्षण गरेको बताएका हुन्।

उनले नियोजित रुपमा नै आफ्नो कार्यक्रम बिथोल्ने प्रयास गरेको र उक्त क्रियाकलापमा संलग्न असमाजिक तत्वहरुको मनोबल उच्च देखिएको उल्लेख गरे। कार्यक्रममा ओलीले महाकाली सन्धिलाई एमालेले सच्चाएको भन्दै नेपालको हितमा रहेको बताए। उनले राजतन्त्र स्वार्थी फटाहा वा अज्ञानीहरुले मात्रै मान्ने टिप्पणी गरे।

उनले धेरै अघिदेखि नै कम्युनिष्ट फुटाउने काम भएको भन्दै यसतर्फ सबै सचेत रहनुपर्ने बताए। अध्यक्ष ओलीले पार्टीलाई बलियो बनाउनका लागि संगठनलाई समेत बलियो बनाउनुपर्ने धारणा राखे। कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *