गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत लिन प्रदेशसभाको अधिवेशन आह्वान

डिसी नेपाल
१७ वैशाख २०८० २१:१५
120
Shares

गण्डकी। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन्।

प्रदेश प्रमुख गुरुङले गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन वैशाख २१ गते दिनको २ः०० बजेदेखि आरम्भ हुने गरी आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त दिन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने कार्यक्रम छ। प्रदेश प्रमुख गुरुङले पाण्डेलाई यही वैशाख १४ गते मुख्यमन्त्री नियुक्त गरेका थिए।

पाण्डेले नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) का सात र स्वतन्त्र एक जना गरी ३५ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *