अनेसास जोर्जिया च्याप्टरको नयाँ कार्यसमिति गठन 

डिसी नेपाल
१८ वैशाख २०८० ८:०९

अमेरिका।  २०२३-२५ कार्यकालको निम्ति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जोर्जिया च्याप्टरको निर्वाचन भर्खरै सम्पन्न भएको छ।

नवगठित कार्यसमितिका सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका छन्।

निर्वाचित सबै पदाधिकारीहरुलाई आज एक विशेष समारोहमा निर्वाचन समितिका प्रमुख आयुक्त राजा घलेले पदीय प्रमाणपत्र प्रदान गर्दै बधाई तथा शुभकामना समेत दिए।

नवनिर्वाचित पदाधिकारीहरुको नामावली यसप्रकार छ।

अध्यक्ष (President):  मीरा कोइराला

वरिष्ठ उपाध्यक्ष (Executive VP):  डा. तुलसी आचार्य

उपाध्यक्ष (Vice President): नमिता घिमिरे

महासचिव (General Secretary): बिष्णु पगेनी

सचिव (Secretary): डा. तिर्थ तिम्सिना

कोषाध्यक्ष (Treasurer):  डा. ध्रुब बन्जाडे

सदस्यहरु (Members):

• राजेश सिजापति

• मुना आचार्य

• बिपिन महतो

• कमला बिस्ट

• अविनाश फूएल

• सुष्मा घिमिरे सिग्देल

• सीता अधिकारी

• अनिता भण्डारी तिमिल्सिना

नवनिर्बाचित अधक्ष मिरा कोइरालाले नया कार्यभार सम्हाल्न पाउदा खुशी ब्यक्त गर्दै आफ्नो काँधमा नयाँ र गहन सामाजिक जिम्मेवारी आएको जनाउँदै यसलाई समाजको हितमा काम गरी हाम्रो कार्यकालमा केही ठोस कार्यक्रम ल्याउने प्रतिबद्धता  जनाइन्।

कार्यक्रम संचालन निर्वाचन आयुक्त जनक बरालले गरेका थिए भने अर्का निर्वाचन आयुक्त डा. विश्व अधिकारीको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

नव निर्वाचित कार्यसमितिको प्रथम बैठकले ५ सदसीय सल्लाहकार पनि नियुक्त गरेकाे छ।

राजा घले

२  प्रो डा राम चन्द्र बराल

जनक बराल

बिमल रेग्मी र

अनिल कोइराला

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *