गायक रामकृष्ण ढकालको स्वरमा ‘माया हुन्छ भनन’ बोलको गीत सार्वजनिक

डिसी नेपाल
१८ वैशाख २०८० १०:३४
1.0k
Shares

काठमाडौँ। गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘माया हुन्छ भनन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।

गीतकार ज्ञानेन्द्र गदालको शब्द रचना र दीक्षित पौडेलको एरेन्ज रहेको गीतको भिडियोमा संगीतकार शम्भूजीत बासकोटाको संगीत रहेको छ। गीतको म्युजिक भिडियोमा स्वयम् गायक रामकृष्ण ढकाल र नायिका केकी अधिकारी अभिनय रहेको छ। निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको क्यामेरा र विकास धमलाको सम्पादन रहेको छ।

लामो समयदेखि अमेरिकाको कोलोराडोमा बस्दै आएका गीतकार ज्ञानेन्द्र गदाल नेपाली गीत, कथा, कविता ,गजल लगायतको बिभिन्न साहित्यीक लेखनमा निरन्तर लागिरहेका छन्। गदालले नेपालको साहित्य क्षेत्रमा योगदान गरेवापत नेपाल सरकारले प्रदान गर्ने छिन्नलता गीत पुरस्कारबाट समेत पुरस्कृत भएका छन्। उनका धेरै एकल गीतका एल्बम र गीतसंग्रहहरु पनि प्रकाशित भैसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *