सिनेमा ‘ए साथी सुन’को लिरिकल गीत सार्वजनिक
काठमाडौँ। आगामी जेष्ठ ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ए साथी सुन’को लिरिकल गीत सार्वजनिक भएको छ।
स्याड भर्सनमा तयार पारिएको गीतमा सिनेमाका मुख्य कलाकार बर्षा सिवाकोटी र डेव्यु अभिनेता रमेश बानियाँको केही चल अचल दृश्यहरु समावेश गरिएको छ। सिनेमाको सार्वजनिक लिरिकल मनले भन्छ बोलको गीतमा हर्क साउँदको शब्द रचना तथा उज्वल सागरको संगीत र स्वर सुन्न सकिन्छ।
लभस्टोरी, थ्रीलर र कमेडी जानराको सिनेमामा बर्षा र रमेशका अलवा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ। कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा सिनेमामा अभिनय गरेका छन्। ‘ए साथी सुन’ जयनन्द लामा अभिनित अन्तिम सिनेमा समेत हो।
राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको सिनेमालाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन्। इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाको सह९निर्मातामा सुदीप पौडेल छन्। सिनेमालाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment