प्रमोद खरेलको ‘मलाई बाँच्न सिकायौ’ मा शिशिर र अनुजा

डिसी नेपाल
१९ वैशाख २०८० ९:४८
368
Shares

काठमाडौँ।  गायक प्रमोद खरेलको स्वर रहेको ‘मलाई बाँच्न सिकायौ’ तिमीले बोलको गीतको भिडियो रिलिज भएको छ।  गीतकार नमिता दवाडीको शब्द शृजना रहेको सार्वजपनक गीतमा हेमन्त शिशिरको संगीत तथा एरेन्ज रहेको छ।

मिक्सिङ तथा मास्टरिङ पनि हेमन्तकै रहेको भिडियोले प्रेम, वियोग र त्यसपछि पुन प्राप्त भएको मायाको कथालाई देखाएको छ। एक प्रेमील जोडीले कहिल्यै नछुट्टीने वाचा कसम खाएको र मायामा उत्तारचढाव आएको दृश्यलाई निर्देशक मुनाल शिशिर कोइरालाले कलात्मक शैलीमा भिडियोमा देखाएका छन्।

जसमा शिशिर भण्डारी र मोडल अनुजा सिंहको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन सुजन श्रेष्ठले गरेका हुन् भने सम्पादन विष्णु खड्काले गरेका हुन्।

हाल न्युजल्याण्डमा रहेकी गोरखाकी गीतकार दवाडीका यसअघि ‘म मजदुर मायाको’, ‘भन को थियो’ परिचय, लगायतका गीतको भिडियो बजारमा आइसकेका छन् । उनको कविता संग्रह ‘जीवन नदीको किनारै किनार’ पनि प्रकाशित छ।  सार्वजनिक गीत गीतकार दवाडीकै अफिसियल च्यानल नमिता दवाडी अफिसियलबाट बजारमा आएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *