सभामुखले दिए नेपाली क्रिकेट टोलीलाई बधाई, भन्छन् – खेलाडीलाई राज्यले हेरोस्

डिसी नेपाल
१९ वैशाख २०८० १२:३९
60
Shares

काठमाडौँ। सभामुख देवराज घिमिरेले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्। एसीसी प्रिमियम कप क्रिकेटमा युएईलाई पराजित गर्दै फाइनल खेल जितेकोमा नेपाली टोलीलाई सभामुख घिमिरेले बधाई दिएका हुन्।

‘नेपाल एसीसी प्रिमियम कप क्रिकेट जित्दै एसिया कपमा छनौट भएकोमा हार्दिक बधाई तथा शुभकामना,’ सभामुख घिमिरेले बधाई दिँदै भनेका छन्, ‘अभुतपुर्व जीतले नेपाल र नेपालीको शिर उचोा बनाएको छ भने नेपाली क्रिकेटको व्यवसायीकरणमा थप सहयोाग हुने विश्वास लिएको छु। खेलाडीलाई राज्यको तर्फवाट थप सम्मान र सहयोग आवाश्यक रहेको तर्फ ध्यानाकर्षण गराउँदछु।’

नेपालले आज संयुक्त अरब इमिरेटस (युएई)लाई ७ विकेटले हराएर फाइनल खेलमा जीत हासिल गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *