मेट गालामा प्रबलसँग देखिइन् आलिया

डिसी नेपाल
१९ वैशाख २०८० १५:२३
6.9k
Shares

मुम्बई। बलिउड अभिनेत्री आलिया भट्ट अमेरिकाको न्यूयोर्कमा भइरहेको ‘मेट गाला २०२३’मा सहभागिता जनाउन हालै मुम्बईबाट न्यूयोर्क पुगेकी थिइन्। त्यो कार्यक्रममा अमेरिकामा बस्दै आएका फेसन डिजाइनर प्रबल गुरुङको पनि उपस्थिति थियो।

प्रबलले आफ्नो ट्वीटर हेण्डलमा आलियासँगको तस्वीर राखेका छन्। तस्वीरमा प्रबल र आलिया खुशी देखिन्छन्। प्रबलसँगको तस्वीरमा आलियाले कालो पहिरन लगाएकी छन्। यो तस्वीर आलियाका फ्यानले सामाजिक सञ्जालमा तिब्र रुपमा शेयर गरिरहेका छन्।

आलिया चाँडै नै ‘रकी और रानी की प्रेम कहानी’मा देखिँदैछिन्। फिल्ममा अभिनेता रणवीर सिंहको पनि अभिनय छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *