दार्चुलाको हिमपहिरोमा बेपत्ता सात जना सम्पर्कमा आए, अझै पाँच बेपत्ता

डिसी नेपाल
१९ वैशाख २०८० २०:२५

खलङ्गा। दार्चुलाको ब्याँस गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परेर मंगलबार दिउँसो २ः ४५ बजेतिर यार्सागुम्वा टिप्न गएका हराएका १२ जनामध्ये सात जना सम्पर्कमा आएका छन् । अझै पाँच जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

दाहिमपहिरोमा हराएकामध्ये दार्चुलाको नौगाडका अन्दाजी ३५ वर्षका ललित विष्ट सम्पर्कमा आएको सशस्त्र प्रहरी गुल्म छाङ्ग्रुका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक तर्क पाण्डेले बताए।

उनले घटनास्थल पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीको सम्पर्कमा विष्ट आएको र अरु छ जना गाउँतिर लागेको जानकारी दिए ।

अहिले वेपत्ता रहेका दार्चुलाको दुहुका दुई जना र डोटी बुडरका तीन जना रहेको सशस्त्र प्रनाउ पाण्डेले बताए। उनका अनुसार हराइरहेकामध्ये डोटीका तीनै जना महिला तथा दुहुका एक महिला र एक पुरुष छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *