दार्चुलाको हिमपहिरोमा बेपत्ता सात जना सम्पर्कमा आए, अझै पाँच बेपत्ता
फाइल फाेटाे
खलङ्गा। दार्चुलाको ब्याँस गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परेर मंगलबार दिउँसो २ः ४५ बजेतिर यार्सागुम्वा टिप्न गएका हराएका १२ जनामध्ये सात जना सम्पर्कमा आएका छन् । अझै पाँच जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
दाहिमपहिरोमा हराएकामध्ये दार्चुलाको नौगाडका अन्दाजी ३५ वर्षका ललित विष्ट सम्पर्कमा आएको सशस्त्र प्रहरी गुल्म छाङ्ग्रुका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक तर्क पाण्डेले बताए।
उनले घटनास्थल पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीको सम्पर्कमा विष्ट आएको र अरु छ जना गाउँतिर लागेको जानकारी दिए ।
अहिले वेपत्ता रहेका दार्चुलाको दुहुका दुई जना र डोटी बुडरका तीन जना रहेको सशस्त्र प्रनाउ पाण्डेले बताए। उनका अनुसार हराइरहेकामध्ये डोटीका तीनै जना महिला तथा दुहुका एक महिला र एक पुरुष छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment