इकोनोमिक समिट र राजनैतिक नेतृत्व

जगदीश दाहाल
२० वैशाख २०८० ७:१६

यो महिना यस अघिका दिनमा इकोनोमिक समिट निकै संख्यामा भए तर यो स्तम्भकार भने बाह्रखरी अनलाइन मिडियाद्वारा आयोजित र एनसेलद्वारा प्रायोजित गल्फ इकोनोमिक समिट २०८० को अवलोकन गर्न पुगेँ।

हुन त म आमन्त्रित थिइन मलाई केवल हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले गल्फ टुर्नामेन्ट अवलोकन गर्न मौखिक रुपमा आमन्त्रण गर्नु भएको कुरालाई इन्कार गर्न नसकी गल्फ टुर्नामेन्ट अवलोकन गर्न जाने शिलशिलामा त्यहाँ पुग्दा उक्त समिटसमेत अवलोकन गर्ने मौका आइपर्‍यो।

अमेरीकास्थित हार्डवोर्ड विश्वविद्यालयद्वारा शिक्षित बाह्रखरीका प्रधान सम्पादक प्रतिक प्रधानको कार्यक्रम व्यवस्थापन र कार्यक्रमको सभापत्तित्व निकै प्रभावकारी देखियो।

उक्त इकोनोमिक समिटमा आ-आफ्नो अध्ययन र विद्वता तथा व्यवसायिक व्यक्तित्वको हिसावले प्रस्तुत गर्नुहुने प्रस्तोता, वक्ताहरु सबै आ-आफ्नो क्षेत्रबाट व्यवसायको हिसावले बुझे जाने भोगेका कुरा प्रस्तुत गर्नु भयो।

राजनैतिक दलको नेतृत्व तहका सबै नेताहरु एकै ठाउँमा बस्ने र राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कहलिएका  अर्थशास्त्री समेतका राय लिएर  मुलुकको आर्थिक समस्या निराकरणका  लागि राजनैतिक नेतृत्वमा बरेका नेताहरुले साझा नीति र धारणा बनाएर साझा प्रतिज्ञाका साथ अगाडि बढ्न सक्दा मात्रै मुलुकले सही आर्थिक दिशा लिन सक्छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजक प्रतिक प्रधानसँगको आफ्नो भूमिगत रहँदै गर्दादेखिको सम्बन्ध र आजको यो आयोजना व्यवस्थापन र विचार प्रस्तोताको चयन र यहाँ प्रस्तुत भएका विचारहरुका सम्बन्धमा आफ्नो र आफ्नो नेतृत्व गरेको सरकारबाट धारणा व्यक्त गरेका थिए भने उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्योग र बैंकको सम्बन्ध र व्यवहार उद्योग व्यवसायीको समस्याको भोगाईका सम्बन्धमा वस्तु निष्ठ चित्रण गर्नु भयाे। परिषदका अध्यक्ष अग्रवालले उद्योगप्रतिको राज्यको नीति र हेराइका सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो।

त्यस्तै बैंर्कस् संघका उपाध्यक्षले बैंकिङ उद्योगको समग्र अवस्था र उनको व्यक्तिगत बुझाइ प्रस्तुत गरेका थिए। यसमा निकै राम्रो र उत्कृष्ट विचार विगतको अनुभव वर्तमानको बुझाई र भविष्य लक्षित विचार जसलाई निकै राम्रो मान्नुपर्छ जस्को विचार प्रस्तुतकर्ता हुनुहुन्थ्यो।

चेम्बर कर्मसका अध्यक्ष राजेन्द्र मल्ल जसले अब मुलुक समृद्ध नेपाल र सुखी नेपालीको कल्पनाको लागि घरघरमा उद्योग व्यवसाय घर घरमा नै रोजगारीको कुरा औल्याउँदै यसो गरे मात्र वर्तमान आर्थिक संकट, निरोपण र भविष्यमा आर्थिक सुद्धीकरण र समृद्धीतिर बढ्ने कुरा व्यक्त गरेका थिए। उक्त समिटका उद्घाटन सेसनमा प्रस्तोताहरुको व्यक्त विचार जो यो स्तम्भकारले श्रवण गर्न पाएको थियो त्यो यर्थाथ यही हो।

त्यस दिनको इकोनोमिक समिटका काठमाण्डौ विश्वविद्यालयका प्रो. डा. अच्युतप्रसाद वाग्ले जो अर्थशास्त्र विषयका विश्वविद्यालयको प्रोफेसर र हाल काठमाडाैं विश्वविद्यालयका रजिष्ट्रार र विगतका केही दशक आर्थिक पत्रकारिताको अध्ययन लेखन समेतको अनुभव भएका उहाँको कार्यपत्र गहन अध्ययन, विश्लेषण र समस्याको पहिचाहनको हिसाबले निकै महत्वपूर्ण मानियो।

उहाँको कार्यपत्र भूतको अध्ययन, वर्तमानको समस्याको र विगतका आर्थिक योजना र राजस्वको स्रोतका सम्बन्धमा निकै गहन अध्ययन र विश्लेषण उक्त कार्यपत्रमा समावेश गरेको पाइयो। तर समस्याको निराकरण र आर्थिक दृष्टिकोणले भविष्यको दिशा पहिल्याउने हिसाबले चाहिँ सायद होला डा. वाग्लेको समय अभावले हुन सक्छ कार्यपत्रमा जति समेटिन र अम्ल्याउन पर्थ्यो त्यसको अभाव कार्यक्रमा देखिन्छ।

तर यसलाई डा. वाग्लेले आउने दिनमा यस्तो समिटमा आफ्नो पूर्ण खोज अनुसन्धान र ज्ञान प्रयोग गर्दै ल्याउन प्रस्तुत गर्न सक्नुहुन्छ भन्ने म स्तम्भकारको जस्तै त्यहाँ उपस्थित सम्पुर्णको बुझाई रहेको पाइयो। जे होस् समग्रमा कायपत्र राम्रो छ।

प्रो. डा. वाग्लेलाई यो स्तम्भकार यसै स्तम्भ मार्फत बधाई ज्ञापन गर्दछु। निष्कर्समा यो स्तम्भकारले यस्ता इकोनोमिक समिटबाट आ-आफ्नो समस्याको आ-आफ्नो समस्या भोगाईको प्रस्तुती छलफल र सुनाई , बुझाइले मात्रै अहिलेको समस्याको निराकरण हुने निस्कने देखिदैन।

अहिलेको आर्थिक संकट मुलुक सामु जे देखिएको छ, त्यस्को कारण पहिल्याउन र निराकरण निकाल्न राजनैतिक नेतृत्वको इच्छाशक्तिले मात्र सम्भव हुन्छ।

राजनैतिक नेतृत्व अथवा ठूला राजनैतिक दलको नेतृत्व तहका सबै नेताहरु एकै ठाउँमा बस्ने र राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कहलिएका थेउरिष्ट र प्राक्टिकल दुबै हिसाबले विज्ञ अर्थशास्त्रीहरु समेतका राय, धारणा बुझी मुलुकको आर्थिक समस्या निराकरण र मुलुकको आर्थिक उन्नतिका लागि राजनैतिक नेतृत्वमा बरेका नेताहरुले साझा नीति र धारणा बनाएर साझा प्रतिज्ञाका साथ अगाडि बढ्न सक्दा मात्रै मुलुकले सही आर्थिक दिशा लिन सक्ने उद्योग, व्यवसाय, रोजगारी फस्टाउने, शिक्षा उद्योग,व्यवसाय, रोजगारीको विकास हुने र राजनितिक नेता लगायत सम्पूर्ण आम नागरिकहरुको आत्मावल बढ्ने, राजनैतिक र आर्थिक स्थायित्व प्राप्ती गर्ने हुन सक्छ। अन्यथा यस्ता समिटले केही देला र होला जस्तो भनेर विश्वास गर्न सकिन्न।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *