‘ज्याकी: आई एम ट्वान्टी वान’ प्रिमियरमा कसले के भने ?
काठमाडौँ। बिहीबारबाट रिलिज हुने फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ले मंगलबार साँझ काठमाडौँमा प्रिमियर गरेको छ। फिल्मकर्मी तथा पत्रकारको उपस्थितिमा काठमाडौंको नयाँबानेश्वरको आइप्लेक्स मलस्थित वान सिनेमाज्मा गरिएको प्रिमियरमा उपस्थितले फिल्मको विषयवस्तुको प्रशंसा गरेका छन्।
फिल्मले कुशल नृत्यकार बन्ने सपना साँचेको ज्याकी पात्रले बुवाको दबाबमा ब्रिटिस गोर्खामा भर्ती हुन गरेको संघर्षलाई देखाएको छ। फिल्मको समयावधि २ घण्टा २० मिनेटको छ।
फिल्म हेरेपछि निर्देशक प्रदीप भट्टराईले ‘ज्याकीः आई एम ट्वान्थटी वान’ले नेपाली फिल्मले भन्दै आएको एउटै शैलीको कथालाई भत्काएको दाबी गरे। ‘नेपाली फिल्ममा जे बिक्छ, त्यही बनाउने चलन छ। यो फिल्मका लेखक तथा निर्देशक रेनाशा राई रानाले त्यो परिपाटीलाई भत्काइदिनुभएको छ । यो फिल्मले नयाँ सोचमा फिल्म बनाउने मेकरलाई बाटो खुला गरिदिएको छ’, उनले भने।
अभिनेत्री प्रियंका कार्की र शिल्पा मास्केले नेपाली फिल्म क्षेत्रको पहिलो डान्स ड्रामाको रुपमा रहेको फिल्मले नयाँ सोच बोकेको बताए। उनीहरुले आफू प्रमुख कलाकार धिरज मगर र जसिता गुरुङको कामबाट प्रभावित भएको बताए। अर्की अभिनेत्री आना शर्माले नेपाली फिल्ममा नृत्य परक फिल्म बनाउन सक्नु आफैमा चुनौतिपूर्ण रहेकोमो त्यो चुनौतीलाई निर्देशक राईले पुरा गरेकोमा खुशी व्यक्त गरिन्।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा यो शैलीको फिल्म बन्नु आफैमा सुखद कुरा भएको उल्लेख गरे ।निर्देशक राईले प्रिमियरबाट पाएको प्रतिक्रियाले आफू उत्साहित भएको र आफूहरुको मिहिनेत सफल भएको खुलाइन्।
अभिनेत्री जसिता फिल्ममा काम गर्दाको मिहिनेत सम्झिएर भावुक भइन्। अभिनेता धिरजले पनि फिल्मका लागि ३ बर्ष मिहिनेत गरेको र आज सुखद प्रतिक्रिया पाउँदा खुशी लागेको बताए। रेनाशा राणा राईको निर्देशनमा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले एउटा २१ बर्षको यूवाको डान्सर बन्ने सपनाको कथा भन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment