नागा चैतन्यले नाम नलिई सामन्थालाई लगाए निशाना, भने- ‘ब्रेकअप पछि साथी बन्न मन पर्दैन…’
मुम्बई। साउथ अभिनेता नागा चैतन्य अभिनेत्री सामन्था रुथ प्रभुसँगको सम्बन्धविच्छेदपछि चर्चामा छन्। सम्बन्धविच्छेदपछि एकअर्काको नाम नलिएर दुवैले धेरै कुरा बोलिसकेका छन्।
कहिले सामन्था पूर्व पति नागा र उनकी कथित प्रेमिका शोभित धुलिपालाको विषयमा बोल्छिन्। त कहिले नागा सामन्थाको नाम नलिई आफ्नो कुरा राखिरहेका छन्। हालैमात्र नागाले सामन्थाको नाम नलिईकन सम्बन्धविच्छेदपछिको जीवनका बारेमा बोलेका छन्।
फिल्म ‘कस्टडी’को प्रमोसनका समयमा उनले आफूले सम्बन्ध टुटेपछि साथी बन्नुपर्ने विषयलाई बुझ्न नसकेको उल्लेख गरेका छन्। ‘एकपटक मेरी पूर्वले ब्रेकअप पछि साथी भन्ने विषयमा बोलेकी थिइन्। यो कुरालाई मैले अस्वीकार गरेको थिएँ’, उनले भनेका छन्, ‘यस्तो कुरा मलाई मनपर्दैन। यस्तो कामले मलाई रिस उठाउँछ ।’
नागाको नाम हाल शोभित धुलिपालासँग जोडिएको छ। उनीहरु कैयौं पटक सँगै देखिएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment