नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव पाण्डेलाई अनुसन्धानका लागि ३ दिन म्याद थप

डिसी नेपाल
२० वैशाख २०८० १७:१५
380
Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको छ।

अदालतले सचिव पाण्डेमाथि पहिलोपटक तीन दिन हिरासतमा राखेर थप अनुसन्धानका गर्नका लागि प्रहरीलाई अनुमति दिएको हो।

उनलाई आज दिउँसो प्रहरी कार्यालयमा आफैं उपस्थित भएपछि प्रहरीले पक्राउ गरेको हो। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोप लागेका उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

पाण्डे तत्कालीन गृहसचिव हुँदा यो प्रकरणमा सामेल भएको आरोप छ । यसअघि पक्राउ परेका अन्य व्यक्तिले पाण्डेका पनि संलग्नता रहेको बयान दिएपछि प्रहरीले पक्राउ गर्ने तयारीमा रहेका उनी आफैं प्रहरी समक्ष उपस्थित भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *