पूर्वगृहमन्त्री बादलका छोरा प्रतिकविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं। तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा थापाको पनि नाम मुछिए पछि काठमाडौं प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेको हो।
बुधबार काठमाडौं प्रहरीले नेकपा एमालेका सचिवसमेतत रहेका टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो। प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौंबाट सो पक्राउ पुर्जी जारी गर्ने अनुमति पाएको हो।
बुधबार पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोरा र थापाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ।
जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव पाण्डेलाई अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment