प्रधान्यायधीश नियुक्तीलगायत माग राख्दै सुरु बारको आन्दोलन पाँचाै दिनमा
फाइल फाेटाे।
काठमाडौं। नेपाल बार एशोसिएनको आन्दोलन आज पाँचाै दिन पनि जारी रहने भएको छ। सर्वोच्च अदालतका प्रधानन्यायधिस नियुक्तीलगायतको माग गर्दै गत आइतबारदेखि आन्दोलनमा उत्रिएको बारको आन्दोलन पाँचाै दिनमा पनि जारी रहने भएको हो।
बारका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार नेपाल बारका सबै ९० इकाइहरुले एक साथ आन्दोलन गरिररहेका छन्। उनका अनुसार जबसम्म प्रधानन्यायधिसलगायत नियुक्ती प्रक्रिया सुरु गरिन्न, तबसम्म आन्दोलन जारी नै रहने छ।
‘बारले प्रधानन्यायाधीश नियुक्ति हुन नसकेको विषयसहितलाई लिएर अहिले आन्दोलन गरिरहेको हाे, संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्ति गर्न सकिरहेकाे छैन वा गर्न नचाहेको हो, त्यो अझै बुझन सकिएको छैन। त्यसमा राजनीतिक खिचातानी भएकाे छ। तर अब बिलम्ब नगरी प्रधानन्यायधीश नियुक्ती गरेर न्यायलयलाई नेतृत्व दिनुपर्छ,’ उनले भने, ‘यदि कार्यपालिकाले न्यायलयलाई नेतत्व दिन सकेन भने एक हप्ताका लागि घोषणा गरिएको कार्यक्रम अर्काे चरणमा जानेछ।’
उनका अनुसार आगामी शुक्रबारसम्म माग पूरा नभएमा पुनः अर्को चरणको आन्दोलन सुरु हुनेछ।
तत्कालीन प्रधानन्यायधिस चोलेन्द्र समशेर राणालाई महाअभियोग लागेर पदमुक्त भए पछि सर्वोच्च अदालत नेतृत्वविहिन हुँदै आएको छ।
कायममुकायमबाट चलिरहेको सर्वोच्च अदालतमा २१ मध्ये १६ मात्रै न्यायधीश हुदाँ कामसमेत प्रभावित भएका छन् भने उच्च अदालत र जिल्ला अदालतमा रिक्त रहेका न्यायधीश पदमा नियुक्ति गराउन पनि सकिरहेको छैन।







डिसी नेपाल







Facebook Comment