चार्ल्स तृतीयको राज्यभिषेकमा सहभागी हुन पराराष्ट्र मन्त्री बेलायत जाँदै
काठमाडौँ। परराष्ट्रमन्त्री एनपी साउद आज बेलायत जाँदै छन्। बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनका लागि मन्त्री साउद आज बेलायत जान लागेका हुन्।
उक्त राज्याभिषेकमा राष्ट्रपति रामचन्द्र पौडेल जाने यसअघि नै तय भएपनि स्वास्थ्यका कारण अन्तिममा स्थगित भएको थियो।
स्वास्थ्यका कारण राष्ट्रपति पौडेल बेलायत जान नसक्ने भएपछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाउन लागेको हो। पराराष्ट्र मन्त्री बिहान ११ बजे बेलायत प्रस्थान गर्नेछन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment