कांग्रेसका नवनियुक्त तीन मन्त्रीले गरे शपथ ग्रहण

काठमाडौं । नेपाली कांग्रेसका नवनियुक्त तीन जना मन्त्रीहरूले आज पद तथा गोपनियताको शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा नवनियुक्त मन्त्रीहरु धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन्।
नेपाली कांग्रेस उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्।
प्रतिक्रिया
Facebook Comment