यस वर्ष अमेरिकादेखि नेपालसम्म सस्तो यात्रा कसरी गर्ने?

डिसी नेपाल
२२ वैशाख २०८० ८:२९

वाशिङ्टन डिसी। यस वर्ष विशेषगरी गर्मीमा नेपाल जाने भाडा निकै उच्च छ। अमेरिकामा हाई स्कूल बन्द हुँदा धेरै परिवारहरू जून १० पछि केही समय बाहिर जान रुचाउँछन्।

कतार एअरलाईनसले वासिङ्गटन डिसीबाट २६०० डलरभन्दा बढी, डालस र ह्युस्टन टेक्सस बाट ३२०० डलरभन्दा बढी भाडा लिइरहेको छ र भाडा यति धेरै बढेको छ कि यात्रुहरुले गर्मीमा नेपाल उडान नगर्ने निर्णय गरेका छन्।

सस्तोमा नेपाल उडान कसरी गर्ने भन्ने बारे यहाँ केही सुझावहरू छन्।

अमेरिकाबाट मे ३१ भन्दा अगाडि वा सेप्टेम्बर १ पछि अमेरिकाबाट बाहिर जानुहोस्। तपाईंले उच्चतम बिक्री अवधि बेवास्ता (Avoid) गर्दा भाडा धेरै कम हुन्छ।

न्यूयोर्क राज्य वरपर पेन्सिलभेनिया, डेलावेयर, न्यू इङ्गल्याण्ड राज्यहरूका मानिसहरूका लागि कुवेत एयरवेजमा उडान भर्नुहोस् । यदि तपाईं मे अघि वा अगस्ट पछि बाहिर जानुहुन्छ भने भाडा लगभग १२०० डलर हुनेछ।

यदि तपाइँ जुन र जुलाईमा उडान भर्नुहुन्छ भने भाडा १४०० डलर र १८०० डलर को बीच हुनेछ। यति हुँदाहुँदै पनि एस्लाई सहजनै ठान्नु पर्छ। तपाईले आफूलाई जेएफके एअरपोर्टमा छोड्न परिवारको एक सदस्यको सहयोग लिन सक्नुहुन्छ।

यदि तपाइँ दशैं वा तिहारको समयमा नेपाल भ्रमण गर्ने योजनामा हुनुहुन्छ भने, यो वर्ष सीमित उपलब्धता भएकाले तपाइँलाई तपाइँको टिकटहरू अहिले नै खरिद गर्न सुझाव दिन्छौं।

तपाईले जेन ट्राभल्सलाई 202-552-1508 मा सम्पर्क गर्न सक्नुहुन्छ वा zentravels.com मा सीधै बुक गर्न सक्नुहुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *