पेम्बा लामाको ‘बैमानी’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ। नवोदित गायक पेम्वा लामाको आवाजमा नयाँ गीत ‘बैमानी´ श्रोता दर्शकमाझ सार्वजनिक भएको छ।
उदय सागरको शब्द रचना, दिपकराज विश्वकर्माको संगीत,गोपाल रसाईलिको एरेन्ज रहेको उक्त गीतको भिडियो ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। केशवराज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको सो गीतको भिडियोमा पुष्प खड्का र कविता नेपालिको मुख्य अभिनय रहेको छ।
भिडियोमा सञ्चारकर्मी सन्तोष बस्ताकोटी, हेन्सल लामा र सुदर्शन पन्तको समेत अभिनय रहेको छ। लोक पप शैलिको सो गीत पेम्बा लामा र क्षितिज स्पर्शको संयुक्त लगानीमा निर्माण भएको हो। उक्त भिडियोमा बुद्ध थापाको छायांकन र वन्दे प्रसादको सम्पादन रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment