ढाकाबाट काठमाडौंका लागि उडेको जहाज पटनामा आकस्मिक अवतरण

काठमाडौं । बङ्गलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको विमान बङ्गलादेशको जहाज भारतको पटनामा आकस्मिक अवतरण भएको छ ।
विमानमा खराबी देखिएपछि जहाजलाई पटनामा आकस्मिक अवतरण गराइएको र विमानस्थलको प्राविधिक टोलीले चार घण्टाको परीक्षणपछि पुनः उडान भरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
विमानमा ७७ जना यात्रु थिए । दिउँसो १२ बजे पटना विमानस्थलमा आकस्मिक अवतरण गरेपछि विमानबाट हतार हतार यात्रुलाई बाहिर निकालिएको थियो ।
Facebook Comment
प्रतिक्रिया
कुन एयरलाइन्स भन्ने समेत उल्लेख नगर्ने कस्तो समाचार हो यो? धुत!!!