‘तिम्रो यादमा’ बोलको गजलमा योगेश काजी
काठमाडौँ। ‘तिम्रो यादमा’ बोलको गजलको भिडियो रिलिज गरिएको छ। मनोरथ कटेल ‘नन्दु’को शब्द रहेको गजलमा योगेश काजी शाहको स्वर रहेको छ। गायक स्वयमकै संगीत तथा एरेन्ज रहेको सार्वजनिक गजलले प्रेम वियोगमा एउटा प्रेमी मनले भोगेको विरहलाई केलाएको छ।
पवन विकको मिक्सिङ र मास्टरिङ रहेको गजलमा गायक स्वयं नै फिचर्ड छन्। अनिल के मानन्धरको निर्देशनमा तयार भएको भिडियोको छायांकन निर्देशक स्वयमले गरेका हुन् भने भिडियोको सम्पादन दिनशन शाहले गरेका हुन्।
अमेरिकामा रहेका गीतकार ‘नन्दु’का यसअघि आमा र कहाँ पुगे साथीभाई बोलका दुई वटा गीतहरु बजारमा आइसकेका छन्। गीतकार ‘नन्दु’ले गजलका अलावा, गीत, कविता लेख्न रुचाउँछन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment