नागेन्द्रको ‘सुस्तरी सुस्तरी’मा नग्मा र प्रवीणको रोमान्स (भिडियो)

डिसी नेपाल
२४ वैशाख २०८० १५:२८
156
Shares

काठमाडौँ। मोडल नग्मा श्रेष्ठ र प्रवीण डिसी बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण रोमाण्टिक गीत ‘सुस्तरी सुस्तरी’को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक बल बहादुर राजवंशीको सुमधुर स्वर सुन्न सकिन्छ।

प्रेमिल भावना समिटिएको गीतमा शब्द नविन श्रेष्ठको रहेको छ। गीतलाई हङकङ निवासी वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठले संगीतवद्द गरेका हुन्। गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। दिनेश पराजुलीले छायाँकन गरेको यस भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्।

जस बहादुर याक्खा (जसु)को निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो संगीतकार श्रेष्ठको अफिसिएल युट्युव च्यानल ‘नागेन्द्र श्रेष्ठ’ मार्फत सार्वजनिक भएको हो। म्युजिक भिडियो दर्शक स्रोतालाई मनपर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *