राष्ट्रियसभा सदस्य: अर्थतन्त्रका समस्याको उपायसहितको बजेट ल्याउनू {भिडियो}

डिसी नेपाल
२५ वैशाख २०८० १२:४८

काठमाडौं। राष्ट्रियसभा सदस्यहरुले मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको उपायसहितको बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा प्रिबजेटमाथिको छलफलका क्रममा उनीहरुले निजी क्षेत्रको समस्या समाधानका साथै अर्थतन्त्रमा देखिएको समस्याको उपायसहितको बजेट ल्याउन सरकारलाई सुुझाव दिएका हुन् ।

बैठकमा सांसद कमला पन्तले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधानको उपाय अपनाउन आग्रह गरेकी छिन् । यस्तै उनले साधारण खर्च घटाएर पूँजीगत खर्च बढाउन देखिएका समस्या समाधान गर्नुपर्ने बताएकी छिन् । उहाले ओरालो लागेको शेयर बजारलाई उकालो लगाउने योजना बनाउन अर्थमन्त्रीको ध्यानाकर्षण गराएकी छिन्।

त्यस्तै सांसद दिलकुमारी थापा रावलले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर तीन प्रतिशत खुम्चने अवस्थामा फराकिलो आर्थिक हुन्छ भन्ने आधार स्पष्ट नभएको बताएकी छिन्। उनले करका दर हेरफेर गर्दा बिचौलियाको चलखेलका कारण पनि मुलुकको आर्थिक क्षेत्रमा नकारात्मक असर परेको धारणा राखेकी छिन्।

त्यस्तै सांसद मृगेन्द्रकुमार सिंह यादवले जनसंंख्याको आधारमा बजेटको विनियोजन गर्नुपर्न माग गरे । उनले असारमा बजेट बिनियोजन भएपनि आर्थिक बर्षको अन्तिममा मात्रै योजना सुरु गर्ने प्रवृतिलाई अन्त्य गर्नुपर्ने जिकिर गरे। उनले बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिनुपर्ने बताए

त्यसअघि बैठकको सुरुमै नेकपा(एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले आइतबारको बैठकमा कांग्रेसका सांसद रमेशजंग रायमाझीले दिएको अभिव्यक्ति संसदीय मर्यादा विपरीत भएको भन्दै त्यसलाई रेकर्डबाट हटाउन माग गरेका छन्।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबारको उक्त अभिव्यिक्त सुनेर मात्रै यस बिषयमा आवश्यक निर्णय गर्ने जानकारी गराभएका थियो ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *