नेकपा एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय समितिको एजेन्डा तय गरिने

डिसी नेपाल
२६ वैशाख २०८० ७:०४
60
Shares

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा कपा एमालेको सचिवालय बैठक आज आज बस्दैछ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने बिषय र छलफल गरिने अजेन्डाका बारेमा छलफल हुनेछ। सो छलफल पछि केन्द्रीय समितिको छलफलको एजेन्डा तय हुनेछ।

एमालेको केन्द्रीय समिति बैठक यही बैशाख २८ देखि सुरु हुँदैछ। यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका बिषय छलफल गर्नु पर्ने भएको भन्दै काठमाडौंमा सारिएको थियो।

गत मंशिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रास रुटको समिक्षालगायतका एजेन्डा आगामी बैठकमा छलफल हुने बुझिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *