निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रेरणा मिलोस् : प्रधानमन्त्री

डिसी नेपाल
२६ वैशाख २०८० ९:५४
84
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निष्पक्ष न्यायको पक्षमा क्रियाशिल हुने प्रेरणा मिल्ने बिश्वास गरेका छन्।

कानुन तथा न्याय दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले स्वतन्त्र न्यायपालिकाका लागि क्रियाशिल हुनेमा विश्वास पनि गरेका छन्।

‘कानुन दिवसको अवसरमा कानुन, न्याय तथा मानवअधिकारको क्षेत्रमा क्रियाशील व्यक्तित्वका साथै सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘आजको दिनले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन हामी सबैलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *