फिल्म ‘पीके’ रिमेकमा चिनियाँ चासो
मुम्बई। अभिनेता आमिर खानको सुपरहिट फिल्म ‘पीके’को चिनियाँ भाषामा रिमेक हुनेछ भएको छ।
फेडरेसन अफ इण्डियन चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्रीको मिडिया र मनोरञ्जन विभागले मुम्बईमा आयोजना गरेको एक कार्यक्रममा चिनियाँ फिल्म निर्माता तथा वितरक पाब्लो रेनाले ‘पिके’ चिनियाँ भाषामा रिमेक गर्ने जनाएका हुन्।
पाब्लो आमिरलाई आफ्नो प्रिय अभिनेता मान्छन्। ‘म आमिर खानको फिल्म ‘पीके’ रिमेक गर्न चाहन्छु। किनकी यो मेरा लागि ठूलो कदम हो । फिल्मले विश्वको वास्तविक जीवन दर्शाउछ। यो फिल्मले मलाई प्रेरित पनि गरेको छ’, उनले भनेका छन्।
पाब्लोका अनुसार ‘दंगल’, ‘पीके’, ‘सिक्रेट सुपरस्टार’ र ‘अन्धाधुन’ जस्ता फिल्म चिनियाँ बक्सअफिसमा जबरदस्त हिट साबित भएका थिए। उनले अजय देवगन र अनिल कपूर स्टारर ‘टोटल धमाल’ आगामी महिना चीनमा रिलिज हुने जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment