१० भागको महाभारत फिल्म बनाउँदै राजामौली
मुम्बई। फिल्म ‘बाहुबली’ निर्देशक एसएस राजामौली आफ्नो लार्जर देन लाइफ फिल्मका कारण चर्चामा आइरहन्छन्। उनले दर्शकलाई ‘मख्खी’, ‘बाहुबली’ र ‘आरआरआर’ जस्ता फिल्म दिइसकेका छन्।
यी निर्देशक यतिबेला पौराणिक कथा ‘महाभारत’ को कथामा फिल्म बनाउने तयारीमा छन्। राजामौली १० भागमा ‘महाभारत’ बनाउने तयारीमा छन्। ‘मैल महाभारत बनाउँदा एक वर्षको समयावधि लाग्नेछ।
जुन १० भागको हुनेछ। म अहिले महाभारत बनाउनका लागि केही न केही सिकिरहेको छु। महाभारत बनाउने मेरो सपना हो। त्यो सपना पुरा गर्नमा दृढ छु,’ उनले भनेका छन्।
राजामौली फरक शैलीको महाभारत बनाउने सोचमा छन्। ‘महाभारतको कथा त्यही हुनेछ, तर यसका पात्रहरुको काम भने गम्भीर किसिमको हुनेछ । जुन चरित्रका लागि महाभारत लेख्नेछु, त्यो तपाईं हामीले पढेको चरित्र भन्दा फरक हुनेछ’, राजामौली भन्छन्।
राजामौली हाल महेश बाबुका साथ नयाँ फिल्मको तयारीमा छन्। यो फिल्म हाल प्रि प्रोडक्सन चरणमा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment