गायक डि.आर सुजनको ‘खती’ गीत सार्वजनिक
काठमाडौँ। पछिल्लो नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसंगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।
सोही क्रममा नयाँ पृथक खालको गीत “खती” सार्वजनिक भएको छ। यस गीतमा बहुप्रतिभाशाली ब्यक्ती डि.आर सुजनको स्वर रहेको छ भने साहित्यकार बिमला हुमागाई (बोध श्री) को शब्द र डि।आर सुजन कै संगीत तथा थेगो रहेको छ।
“खती” गीतमा जन आन्दोलन, द्धन्द्धकालका कथा ब्यथा, माओबादीले नेपाली जनताहरुलाई झुटो आश्वासन दिएर, धम्की दिएर भोट हाल्न लगाएको र माओबादीको जनयुद्धबाट धेरै ब्यक्तिहरुको ज्यान गएको, कसैको बुवा आमा, कसैको श्रीमान् श्रीमती, कसैको दाजु भाई, कसैको छोरा छोरी, कसैको दिदी बहिनीको मृत्यु भएर परिवारमा पिडा थपिएको कुरालाई समेट्ने प्रयास गरिएको छ। साथै माओबादीले आन्दोलनको नाममा ज्यादती देखाएको र नेपाली चेलीबेटीहरुलाई बलत्कार गर्ने, हत्या गर्ने गरेको कुरा पनी म्युजिक भिडियोमा प्रस्तुत गर्न खोजिएको छ।
यस गीतकी गीतकार बिमला हुमागाई (बोध श्री) र यसै गीतका गायक, संगीतकार तथा निर्देशक डि.आर सुजन भन्छन् “हामीले यथार्थ कुरा समेट्ने र भिडियोमा उतार्न खोजेका छौं। माओबादीको सरकार भएको बेला उनीहरुमा चेतना आओस् र बिगतलाई सम्झने कोसिस् गरुन् भन्ने उदेश्यले पनी हामीले यो गीत सार्वजनिक गरेका हौं। यदी हामीलाई सरकारले कारबाही गर्छ भने जस्तो सजाय पनि भोग्न तयार छौं।”
माओबादी सरकारले केही दिन अघी अयोग्य लडाकुहरुलाई नेपाल सरकारबाट २ र २ लाख को दरले भत्ता दिने निर्णय पनि गरेको छ। यही निर्णय भएको बेला “खती” नामक गीत सार्वजनिक गरिएको कुरा निर्माण पक्षले बताएको छ।
“खती” नामक गीतमा डि.आर सुजनको कथा तथा निर्देशन रहेको छ भने करण चैशिरको छायांकन, बिबेक सुनारको सम्पादन, मिलन बिश्वकर्माको रंग संयोजन रहेको छ।
उक्त गीतको भिडियोमा रिता केसी, डि।आर सुजन, बिमला हुमागाई (बोध श्री), सुर्य ओली, शुष्मा खड्का, बिमला तामाङ, भरत गोर्खाली, सुशान्त दोङ आदीको अभिनय रहेको छ। यस गीतलाई बोध अनलाईन टिभीबाट सार्वजनिक गरिएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment